सल्लेरीमा छरिएका बोतल नउठाएसम्म सबै कम्पनीका वियर विक्रिमा रोक, गोर्खा ब्रुअरीले बोतल संकलन थाल्यो

शिखर गजरकोटे
सोलुखुम्बु, ११ चैत्र

छरिएर रहेका वियरका बोतलहरु रि–साईकलका लागि नउठाएसम्म सल्लेरीमा सबै कम्पनीका वियर विक्रिमा रोक लगाइएको छ ।

ग्रिन एण्ड क्लिन नगरपालिका अभियान चलाएको सोलुदुधकुण्ड नगरपालिकाले वियर विक्रिमा रोक लगाएको हो । सोलुखुम्बुमा विक्रि हुने गोर्खा ब्रुअरी, राज ब्रुअरी र अन्य ब्राण्डका उत्पादनलाई खाली बोतल फिर्ता नलगेसम्म विक्रिमा रोक लगाईएको मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिनुभयो । नगरपालिकाले शनिबार मात्र गोर्खा ब्रुअरीको सल्लेरी स्टोरमा ताला लगाएको छ ।

3/4 brown- 012

तालाबन्दी संगै ओखलढुंगा र सोलुखुम्बुमा वितरण जिम्मा लिएको ओखलढुंगाको लक्ष्मी स्टोर्सले सदरमुकाम सल्लेरीमा छरिएका बोतल संकलन गर्न शुरु गरेको छ । स्टोर्सका प्रोपाईटर निबन्ध श्रेष्ठले आगामी चैत्र २० गतेसम्म सल्लेरीमा महिनौदेखि थुप्रिएर रहेको वियरका बोतल फिर्ता लाने बताउनुभयो ।

हिमाल एफ एमसंग कुरा गर्दै लक्ष्मी स्टोर्स ओखलढुंगाका श्रेष्ठले सिसाजन्य पेयपदार्थ उत्पादक कम्पनीले पनि बोतल संकलनमा सहयोग गर्नुे बताउनुभयो । नगपालिकाको सुन्दर नगरपालिकाको अभियानलाई सकारात्मक रुपमा लिएको भन्दै अन्य कम्पनीको उत्पादनलाई पनि विक्रिमा रोक लगाउन नगरपालिका समक्ष माग राख्नुभयो ।

नगपालिकाले पटक पटक बोतल फिर्ता लैजान आग्रह गर्दा पनि नमानेपछि बाध्य भएर वियर स्टोर्स ताला लगाईएको बताएको छ । बोतल फिर्ता लगेपछि मात्र सिसाजन्य पेयपदार्थ विक्रि खुला गरिने मेयर शेर्पाको भनाई छ । सिसाका बोतलहरुको उचित व्यवस्थापन नहुदा सल्लेरीको सुन्दरता विग्रिएको छ भने दुर्घटनाको संभावना बढ्दै गएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु