सल्लेरीमा एक महिला अलपत्र फेला, उद्धारको तयारी

सोलुखुम्बु, असार १४


सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा एक महिला अलपत्र अवस्थामा भेटिएकी छिन् । केही साता अघिदेखि उनी सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरीस्थित बसपार्कमा अलपत्र अवस्थामा रहेकी थिइन् । नेपाली भाषा प्रष्ट नबोल्ने र नबुझ्ने उक्त महिला सोलुखुम्बुमा बसपार्कमा राखिएको ह्युमपाईप मुनि बस्दै आएकी थिइन् ।


प्रमुख जिल्ला अधिकारी रमा आचार्यको पहलकदमीमा उनलाई ईटहरीमा रहेको मायाघर नेपाल पठाउने तयारी गरिएको छ । त्यतिन्जेलसम्मका लागि उनलाई खानाबस्नको व्यबस्था जिल्ला प्रहरी कार्यालय र विभिन्न व्यक्ती वा सस्थाले गरिदिने भएका छन् । उनीलाई ह्युमपाईपबाट उद्दार गरि जिल्ला प्रहरी कार्यालयको निगरानीमा बालमन्दिर नजिक रहेको घरको बरण्डामा सारिएको छ ।

उद्धारअघि


मानसिक सन्तुलन ठिक नभएकी उनलाई कसले सोलुखुम्बु ल्याएर छोड्यो वा आफै आईन भन्ने यकिन छैन । ति महिलाको व्यवस्थापनमा सोलुखुम्बुको हिमाल एफ.एमका प्रबन्ध निर्देशक तथा रिपोटर्स नेपालका प्रदेश १ संयोजक भानुभक्त निरौला व्यक्तिगत रुपमा एकथान ब्याङ्केट सहयोग गरेका छन् । त्यस्तै जिल्ला रेडक्रश सोसाइटी सल्लेरीले पनि एक थान कम्बल र ओछ्याउने म्याटिस सउपलब्ध गराएको छ ।


उनको उद्दार नहुदासम्म जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बिहान बेलुकाको खानाको बन्दोबस्त गर्ने छ । त्यसका साथै उनलाई प्रहरीले आफ्नो निगरानीमा राख्ने जनाएको छ । भूमे संचार प्रा.लिको पहलमा सोलुदुधकुण्ड नगरपालिका ५ कार्यालय र स्वर्णिम सारथी सस्था सोलुखुम्बुले पनि उनको व्यवस्थापनमा भूमिका खेलेका छन् ।

उद्धारपछि

तस्बिर -अनुज खड्का

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!