सल्लेरीका अधिकांश पसलमा मूल्यसूची छैन्

सपना न्यौपाने
सोलुखुम्बु, १९ पौष

सोलुखुम्बुको सदरमुकाम सल्लेरीका पसलहरुमा मूल्यसूची विनै दैनिक उपभोग्य सामाग्रीको खरिद विक्रि भईरहेको पाईएको छ । उद्योग बाणिज्य संघ सोलुखुम्बुले निर्धारण गरेको मूल्यसूची अधिकांश किराना पसलमा नभएको पाईएको छ ।

व्यापारीहरुले आफूखुसि सामाग्रीको विक्रि मुल्य तोक्ने गरेको उपभोक्ताले गुनासो गरेका छन् । उद्योग बाणिज्य संघ सोलुखुम्बुका सचिब तार्देन शेर्पाले करिब ६ महिना अघि मूल्यसूची व्यापारीहरुलाई वितरण गरिएको बताउनुभयो । तर उहाँले ३/३ महिनामा परिस्थिती अनुसार मूल्य हेरफेर गर्नुपर्ने र मूल्यसूची कार्यान्वयनका लागि अनुगमन गर्नुपर्ने भएपनि नगर्नु कमजोरी भएको स्विकार गर्नुभएको छ ।

बजारमा दैनिक उपभोग्इ सामाग्रीको मुल्य पसलैपिच्छे फरक फरक पाईने गरेको उपभोक्ताहरुको अनुभव छ । व्यवापारीहरुले मुल्यसूची टाँसेको र कार्यान्वयन गरेको नपाईएपनि उद्योग बाणिज्य संघले निर्धारण गरेको मुल्य भन्दा कम मुल्यमा उपभोक्तालाई सामाग्री विक्रि गरिरहेको कतिपय व्यापारीले दाबी गरेका छन् । यद्यपी, संघको सक्रियता आवश्यक मात्रामा नभएकाले व्यापारीहरुले उपभोक्तावाट फरक फरक मुल्य असुल्दै आएका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु