सल्यानमा बस दुर्घटना, चारजनाको मृत्यु, १२ को अवस्था गम्भीर

सल्यान, माघ ८ । रुकुमबाट दाङको घोराही जाँदै गरेको ना५ख ५३१ नम्बरको एक यात्रीबहाक बस सोमबार दिउँसो सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर–६ मा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्यान, बाघचौर नगरपालिका–१० की ६५ वर्षीया सञ्चरी बिक र रुकुम, मुसिकोट नगरपालिका– ६ की २४ वर्षीया पुष्पा केसी खड्का छन् । बाँकी दुईजनाको भने सनाखत भएको छैन ।

स्थानीय सल्लेखोला भन्ने ठाउँमा भएको दुर्घटनामा अरु १२ जना गम्भीर घाइते भएका छन् ।

घाइतेहरुको सल्यानका स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई नेपालगन्ज मेडिकल कलेज पठाउने तयारी गरिएको जनाइएको छ ।

बसमा करिब ४० यात्री सवार थिए । २० बढी यात्री सामान्य घाइते छन् ।

बस सडकबाट करिब १०० मिटर तल खसेको छ ।

स्थानीय र इलाका प्रहरी कार्यालय लुवामको प्रहरी टोली घाइतेहरुको उद्धारमा जुटेका छन् ।

बस दुर्घटनाको कारण खुलिनसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु