सर्वसाधारणलाई दुःख नदिन अर्थमन्त्रीको निर्देशन

हिमाल एफ.एम कार्तिक १४ । भन्सार प्रणालीलाई सन् २०१८ सम्ममा व्यापक रुपान्तरण गर्ने गरी काम अगाडि बढाइरहेको भन्सार विभागले दाबी गरेको छ । राजधानीमा विहीबारदेखि आयोजित भन्सार व्यवस्थापन तथा मूल्यांकनसम्बन्धी चारदिने गोष्ठीको औपचारिक उद्घाटनका अवसरमा उक्त जानकारी गराइएको हो ।

विभागले संशोधित क्योटो अभिसन्धिको पक्ष राष्ट्र बनी त्यसमा भएका प्रावधानअनुरुप भन्सार ऐन–कानुनमा परिमार्जन गरी भन्सार प्रशासनलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रक्रिया सुरु गरेको जनाएको हो ।

विभागले अवैद्य कारोबारको हिस्सालाई न्यून गर्ने चुनौती कायमै रहेको भन्दै अवैद्य कारोबारलाई नियन्त्रण गर्न सबैको सहयोग आवश्यक रहेकोमा पनि जोड दिएको थियो ।

गोष्ठीको उद्घाटन गर्देै अर्थमन्त्री डा. रामशरण महतले राजस्व उठाउने बहानामा सर्वसाधारणलाई अनावश्यक झन्झट नदिन निर्देशन दिएका थिए ।

गत आर्थिक वर्षमा भन्सारले १ सय ५९ अर्ब रुपैयाँ राजश्व असुली गरेको बताइएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु