सर्बाधिक राशीको भलिबल प्रतियोगीता खुम्बुमा हुदै, विजेतालाई ५ लाख

भानुभक्त निरौला
सोलुखुम्बु, १० चैत्र

सोलुखुम्बुको नाम्चे युवा समूह द्वारा आयोजित नेपालकै सर्वाधिक पुरस्कार राशी दाबी गरिएको प्रतियोगिताको पुरस्कारहरु सार्वजनिक गरिएको छ ।

सगरमाथा दिवसको अवसरमा मे २० तारिखबाट शुरु हुने प्रतियोगितामा प्रथम हुने टिमलाई ५ लाख १ सय १ रुपैँया दिईने गरि समुहले पुरस्कार घोषणा गरेको हो । पर्यटकीय क्षेत्रमा नाम्चेमा पर्यटन प्रबर्धनका लागि गर्न लागिएको प्रतियोगिताको उपविजेताले ३ लाख १ सय १ रुपैाँया प्राप्त गर्दा तेश्रो हुनेले १ लाख १ सय १ रुपैँया हात पार्ने छन् । अहिलेसम्मकै भलिवल खेलको ईतिहासमा पहिलोपटक उत्कृष्ट खेलाडीलाई ५० हजार १ सय १ रुपैँया पुरस्कारको घोषणा गरिएको खेलकुद संयोजक लामाकाजी शेर्पाले जानकारी दिनुभयो ।

समुहको बैठकबाट बिजेतालाई नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र समेत दिईने निर्णय गरिएको संयोजक शेर्पाको भनाई छ । सगरमाथा दिवस मे २९ को पुर्व संध्यामा हुने प्रतियोगितासँगै राष्ट्रिय कलाकारको उपस्थितिमा सांस्कृतिक कार्यक्रम समेत गरिने जनाईएको छ ।

सांस्कृतिक कार्यक्रममा लोक गायक बद्रि पंगेनी, ईण्डियन आईडल प्रशान्त तामाङ, पप गायक अभिनास घिसिङ लगायतलाई नाम्चे ल्याउने तयारी आयोजकले गरेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु