सरकार भष्ट्राचार संस्थागत गर्न उद्यत – नेता शेर्पा

सोलुुखुम्बु, माघ १०
नेपाली कांग्रेसका नेता आङगेलु शेर्पाले वर्तमान सरकार भष्ट्राचार संस्थागत गर्न उद्यत देखिएको आरोप लगाएका छन् । उनले सरकारले अख्तियारको अधिकार कटौति गर्दै भष्ट्राचारयुक्त वातावरण तयार पार्ने दिशामा अघ बढेको आरोप लगाए ।


सोलुदुधकुण्ड नगरपालिका ११ तिङलामा विहिबार आयोजित कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता शेर्पाले जनताको पक्षमा काम गर्न नसकेको दाबी गरे । तिङला क्षेत्र हाईड्रो प्रभावित क्षेत्र भएकाले त्यसभेगका नागरिकलाई विद्युतमा सहुलियत दिईनुपर्ने र १३२ केभी प्रसारण लाईन विस्तारका लागि सयौँ रुख काट्नुपर्ने भएकाले पानीको मुहान सुक्ने र वातावरण प्रतिकुल बन्ने संभावनालाई ध्यान राख्नुपर्ने उनको भनाई थियो । पार्टी भित्रको आन्तरिक विवादको विषयमा बोल्दै नेता शेर्पाले जिल्लामा पार्टीलाई एक ढिक्का बनाएर लैजान आफू हदैसम्मको लचक बन्न तयार रहेको बताए ।


वडा पार्टी सभापति नैन बहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा पुर्वमहासमिति सदस्य केशरबाबु थुलुङ, पुर्व गाउँपार्टी सभापति केदारभक्त कार्की, नेपाल शिक्षक संघका पुर्वसहसचिब खिल बहादुर कार्की, नेपाल ट्रेड यूनियनका जिल्ला अध्यक्ष उत्तर कुमार राई, डेमोक्रेटिक लयर्स एशोसियशनका जिल्ला अध्यक्ष विदुर बस्नेत, कांग्रेसका स्थान्ीय नेताहरु बाल कुमार कार्की, दिप बहादुर कार्की, अगुवा शिक्षक नारायणकाजी खड्का लगायत वडाका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!