सरकारी कार्यालयमा नागरिकको गुनासो सुन्नका लागि राखिएको सुझाव पेटिका प्रयोग विहिन

निशा श्रेष्ठ
सोलुखुम्बु, ज्येष्ठ ३
सरकारी कार्यालयमा नागरिकको गुनासो सुन्नका लागि राखिएको सुझाव पेटिका प्रयोग विहिन बन्दे गएका छन् । नागरिकहरुले गुनासो तथा सुझाव लेखेर सुझाव पेटीमा राख्न छाडेपछि प्रयोगविहिन बनेका हुन् । सेवाग्राहीसंग गुनासो भएपनि लेखेर गुनासो गर्ने बानी छुटेकाले पनि सुझाव बक्समा माकुराले जालो लगाउने अवस्थामा पुगेको कार्यालयका सूचना अधिकारीहरुले बताउने गरेका छन् ।


वर्षभरिमा एउटा पनि गुनासो तथा सुझाव प्राप्त नभएपछि चेकजाच गर्न छाडीएको राष्ट्रिय वाणिज्य बैकका शाखा प्रबन्धक भावना फुयालले बताउनुभयो । सेवाग्राहीले कार्यालय प्रमुखलाईनै प्रत्यक्ष भेटेर गुनासो सुनाउने भएकाले पेटीका खाली हुने गरेको उहाँको भनाई छ । जिल्ला प्रशासन कार्यलयमा पनि पेटीकामा सेवाग्राहीमा सुझाव सुन्य छ । सेवाग्राहीले गुनासो पेटीका मार्फत गुनासो राख्ने प्रक्रिया झण्झटिलो मान्ने भएको कारण पनि गुनासो पेटीकाको प्रयोग कम भएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले बताउनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु