सरकारले गियर बदल्ने – ऊर्जा मन्त्री पुन

शिखर गजरकोटे,
सोलुखुम्बु, असोज २७

सरकारका ऊर्जा मन्त्री बर्षमान पुन ‘अनन्त’ले सरकारले गियर बदल्ने बताउनुभएको छ ।

शनिबार सोलु करिडोरको अनुगमन गर्न सोलुखुम्बु आईपुग्नुभएका मन्त्री पुनले सरकार दिर्घकालिन योजना बनाएर अघि बढ्ने सोचमा रहेकाले कामको रफ्तारलाई बढाउने बताउनुभयो ।

अनुगमनपछि पत्रकारसंग कुरा गर्दै मन्त्री पुनले सरकारले विकास र सम्बृद्धिलाई केन्द्र भागमा राखेर काम गर्नेमा सन्देश नराख्न आग्रह गर्नुभयो । मन्त्री पुनले यो सरकारले चर्चाको लागि काम नगर्ने समेत प्रष्ट्र पार्नुभयो ।

उपनिर्वाचनको प्रसंगमा मन्त्री पुनले हल्लै हल्लामा सकिएको छोटो प्रतिक्रिया दिनुभयो ।

 

Comments

comments

सम्बन्धित शीर्षकहरु