‘सरकारले गति लिन सकेन, विचल्लीमा परेकाको उद्धारमा काङग्रेसको ध्यान’– नेता आङगेलु शेर्पा

सोलुखुम्बु, वैशाख ८
नेपाली काङग्रेसका युवा नेता आङगेलु शेर्पाले कोरोनाको सामना गर्ने सवालमा सरकारले गति लिन नसकेको बताएका छन् ।

नेपालमा कोरोनाको संक्रमण भित्रिएको लामो समय वित्दा समेत सरकारले पुर्वतयारीको काम नगरि स्वास्थ्य सामाग्री खरिदका नाममा पैसा कमाउने दाउ रचेको आरोप लगाए ।


हिमाल एफ.एम.सँग कुराकानी गर्दै काङग्रेस नेता शेर्पाले दुई तिहाईको समर्थन पाएको सरकारले जनपक्षिय काम गर्नुको साट्टो हतियार किन्ने सेनालाई औषधी किन्ने जिम्मा दिने जस्ता अलोकप्रिय निर्णय गर्नमै व्यस्त रहेको जिकिर गरे ।


शहरमा संकटमा रहेका जनतालाई उद्धार गर्नु राज्यको दायीत्व हुने भए पनि १० औँ दिनसम्म लगाएर पैदल यात्रा हिड्न विवस नागरिकको पिडामा ओली सरकार मुकदर्शक भएको आरोप छ ।

काँग्रेस नेता शेर्पाले संकटको घडीमा सबैले जनपक्षिय काममा सरकारलाई काँग्रेसले साथ दिने भन्दै अनुकुल समयको उपयोग गर्न सरकार चुकेको बताए ।


अहिलेको अवस्थामा काँग्रेससँग रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुको विकल्प नभएको उनको भनाई छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!