सरकारलाई सोलु तरुणको ९ बुँदे ज्ञापनपत्र

हिमाल एफ एम,
सोलुखुम्बु, असोज २३

नेपाल तरुण दल सोलुखुम्बुले नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

तरुण दलले सोमबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालयमा पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता, कालोबजारीको नियन्त्रण कारबाही, हरेक स्थानीय तहमा चाडपर्व लक्षित सुपथ मुल्य पसलको व्यवस्थापन, गाउँघर फर्कने यात्रुको सहजताका लागि सवारी व्यवस्थापन लगायतका ९ बुँदे माग सहित स्थानीय प्रशासन मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।

आमनागरिकको जिवीकासंग सम्बन्धित विषयमा सरकार संबेदनशील नभएकाले दबाबका लागि सरकारलाई ज्ञापनपत्र बुझाएको तरुणदल सोलुखुम्बुका अध्यक्ष अशोक झााले बताउनुभयो ।

ज्ञापनपत्र सहायक प्रमुख जिल्ला अधिकारी टुक्ति शेर्पा मार्फत नेपाल सरकारलाई पठाईएको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु