सरकारलाई सघाउन शीर्ष नेताको समन्वय समिति गठन

हिमाल एफ एम चैत्र १०- सत्तारुढ दुई दल कांग्रेस र एमालेको संयुक्त बैठकले सरकार सञ्चालनलाई सहज बनाउन दुबै पार्टीका शीर्ष नेताहरु सम्मिलित ‘संयुक्त सरकार सञ्चालन समन्वय समिति’ गठन गरेको छ । समितिमा कांग्रेसवाट प्रधानमन्त्री एवम् सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरवहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला रहेका छन् । यसैगरी सत्ता साझेदार दल एमालेबाट अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, संसदीय दलका नेता केपी शर्मा ओली, उपाध्यक्ष एवम् गृहमन्त्री बामदेव गौतम र महासचिव ईश्वर पोखरेल रहेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार बसेको कांग्रेस र एमालेको संयूक्त बैठकले दुबै दलबाट पाँच-पाँच जना शीर्ष नेताहरु रहने गरी ‘संयुक्त सरकार सञ्चालन समन्वय समिति’ गठन गरेको कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!