सम्मानले ऊर्जा थपेको छ – लोकदोहोरी गायक नविन पौडेल

सोलुखुम्बु । नुर–गंगा प्रतिभा पुरस्कारद्धारा सम्मानित भएका लोकदोहोरी गायक नविन पौडेलले सृजना र निरन्तरताका लागि ऊर्जा थपिएको बताएका छन् ।

17498786_1016954865102038_1038433626162762872_n

सम्मान ग्रहणपछि प्रतिक्रिया दिदै नविनले भने, ‘बर्षौ देखिको लोक कलासंस्कृतिको माध्यमवाट समाज परिर्वतनका लागि खेलेको भूमिकाको सम्मान हुदा निकै खुसि छु । आगामी दिनमा पनि समाजले निर्धारण गरेको परिधि भित्रै रहेर समसामयीक विषयलाई गीतको विषय बनाउनेछु । परिर्वतनकै लागि सन्देशमूलक गीत लेख्छु र गाउछु पनि ।’

17458336_1016954738435384_6107811314245235928_n

पुरस्कार गुठीले लुम्बिनी अञ्जलको प्रतिनिधित्व गर्दै लोकसंगीतमा पु¥याएको योगदानको कदर गर्दै गायक पौडेललाई नगद ३० हजार सहित सम्मानपत्रवाट सम्मान गरिएको हो । सम्मान पुर्वप्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्र बहादुर चन्दले गरेका हुन् ।

‘हरेक जातजाती’, ‘जान्न म त त्यो घर’, ‘यस्तै हुन्छ भन्ने भा’, ‘ए हजुर सुन्नु भा छ र ?’, ‘नयाँ पाटी खोल्छु’, ‘म परे पाल्पाको’, ‘दुखका दिन गए’ जस्ता गीत बजारमा ल्याएर सफलता कमाउन सफल गायक नविन पौडेल पुर्वपश्चिम मन पराईएको गायकको रुपमा चिनिन्छन् ।

17523616_1016954668435391_7245658459337269991_n

अन्तराष्ट्रिय कलाकार मञ्चका उपाध्यक्ष, प्रस्तोता समाजका कार्यकारी सदस्य समेत रहेका गायक पौडेल राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान नेपालका पुर्व केन्द्रिय सदस्य समेत हुन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु