‘सम्बृद्धिको पक्षमा कलम चलाउनुस्’

सोलुखुम्बु, माघ २७

सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले मूलकको बृहत्तर विकासको लागि पत्रकारको भूमिका महत्वपुर्ण भएको बताए । लोकतन्त्र संस्थागत गर्न र मूलुकको सम्बृद्धिमा पत्रकारको भूमिका महत्वपुर्ण हुने मेयर शेर्पाको भनाई छ ।

नेपाल प्रेस यूनियन सोलुखुम्बुको तेस्रो जिल्ला अबिधेशनमा बोल्दै मेयर शेर्पाले पत्रकारले कमजोरी स्विकार्दै मूलुकको हितमा कलम चलाउन सक्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष मनोज कुमार श्रेष्ठले आस्थाको हिसावले कुनै पार्टी संग नजिक भएपनि स्वतन्त्र र निष्पक्ष ढंगले विकासका लागि खबरदारी गर्न आवश्यक रहेको बताए ।

रिर्पोटर क्लबका प्रदेश नं १ संयोजक तथा हिमाल एफ एमका प्रबन्ध निर्देशक भानुभक्त निरौलाले पत्रकारले समान दृष्ट्रिकोण राख्न सक्नुपर्ने बताए ।

प्रेस यूनियनका जिल्ला अध्यक्ष सन्तोष कुमार राउतको अध्यक्षतामा भएकोअबिधेशनको उद्घाटन सत्रमा नगर प्रवक्ता शारदामाया तामाङ र डमोक्रेटिक लर्यस एशोसियशनका जिल्ला अध्यक्ष विदुर लामिछानेको समेत उपस्थिती थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!