समानुपातिकमा सोलुबाट गोपाल गिरी

बिक्रम श्रेष्ठ । पौष १५ – सोलुखुम्बुको कुनै पनि उमेदवार समानुपातिक सभाषदको सुचिमा नपरेको अबस्थामा ए माओबादीका नेता एब पार्टी सल्लहाकार गोपाल गिरी सभाषदको सुचिमा पर्नुभएको छ । हिजो एमाओबादी पार्टीले निर्बाचन आयोगमा बुझाएको ५४ जना सभाषदको सुचिमा गिरी सोलुखुम्बुबाट पर्नुभएको हो । सोलुखुम्बुबाट ए माओबादीको समानुपातिक उमेदवारहरुको सुचिमा गिरी संगै करुणा बस्नेत तथा रिमा कुलुङ रहनुभएको थियो । काग्रेसबाट जिल्ला पार्टी सभापति आङगेलु शेर्पा तथा एमालेबाट नेता बुद्धिकुमार राज भण्डारी लगायत साना पार्टीको पनि कुनै उमेदवारलाई पार्टीले समानुपातिक सभाषद नबनाएको अबस्थामा एमाओबादीले गोपाल गिरीलाई सभाषद बनाएको हो ।

यस संगै दोस्रो संबिधानसभामा सोलुखुम्बुबाट प्रतिनिधित्व गर्ने सभाषद दुई जना भएका छन् ।प्रत्यक्ष तर्फबाट काग्रेस नेता बल बहादुर केसी निर्बाचित भईसक्नुभएको छ भने समानुपातिकमा एमाओबादीबाट सोलुखुम्बुको जुबुमा जन्मनुभएका गिरी पर्नुभएको हो । उहाँ सोलुखुम्बुमा कम्युनिष्टको सस्थापक समेत मानिनुहुन्छ । एमाओबादीले सोलुखुम्बुमा समानुपातिक तर्फ ५ हजार ५ सय १५ मत प्राप्त गरेको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु