समाजसेवी ठिले लामाको पहलमा सय परिवारलाई खाद्यान्न

सोलुखुम्बु, जेठ ८


सोलुदुधकुण्ड नगरपालिका ४ का विभिन्न गाउँका एक सय परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।


समाजसेवी ठिले लामा शेर्पाको पहलमा इविसी टे«क्स एण्ड एक्पिडिसन प्रा.लि.को सहयोगमा चिवाङ, जम्बुक र सुकेका ७० परिवारलाई एक बोरा चामल, दाल, तेल, नुनु लगायतको दैनिक उपभोग्य सामाग्री वितरण गरिएको छ ।


विहिबार सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा, वडा नं ४ का वडाअध्यक्ष दावागेलु पाख्रिन, नगर प्रवक्ता शारदामाया तामाङ, चिवाङ आविका निमित्त प्रध्यानाध्यापक गीता कार्की र समाजसेवी शेर्पाले कोरोना लक्षित लागु गरिएको लकडाउन प्रभावित परिवारलाई दैनिक उपभोग्य सामाग्री वितरण गरेका हुन् ।


शुक्रबार एर्मादिङ, छिनाक्पु, बागम, सेर्गा वस्तिका ३० परिवारलाई दैनिक उपभोग्य वस्तु वितरण गरिनेछ । समाजसेवी शेर्पाले यसअघि ५० परिवारलाई खाद्यान्न वितरण गरिसकेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!