सबै माबिमा परिक्षा केन्द्र राख्न पहल गर्छु: आचार्य

सोलुखुम्बु १९ साउन ।
नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति सोलुखुम्बुका कार्यबहाक अध्यक्ष बाबुराम आचार्यले आगामी एस एल सि परिक्षाका लागी जिल्लामा संचालित सबै माबिहरुमा परिक्षा केन्द्र स्थापना गर्न पहल गर्ने बताउनुभएको छ । सोलुखुम्बुको नेचा बेतघारी ५ स्थीत  केदार उच्च माबिमा सोही बिद्यालयमा अध्ययनरत बिद्याथीहरुका बिच भएको एस एल सी नतिजा र परिक्षा प्रणाली बिषयक एक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुदै आचार्यले एस एलसी परिक्षार्थीको परिक्षा केन्द्र अध्ययनरत बिद्यालयमै नभई अन्यत्र तोकिदिदा परिक्षाफल खस्केको टिप्पणी गनुभयो । साथै उहाँले कक्षा १० को पाठ्क्रम समेत केही परिमार्ज हुनु पर्ने र परिक्षामा बिद्यार्थीले पढ्ने नयाँ शैली अपनाउनु पर्ने धारणा राख्नुभयो ।  त्यस्तै सो अबसरमा उच्च माबिमा रहेको नेबिसंघ इृकाई समिति समेत पनर्गठन गरिएको छ । सुजन भणडारीको अध्यक्षतामा ५५ सदस्यीय इृकाई समिति पुनर्गठन गरिएको हो । सो कार्यक्रममा नेपाली काँग्रेस नेचाका स्थानिय नेता बिष्णु बास्तोला, नेबिसंघ जिल्ला समितिका सहसचिब दिनाराज बास्तोला तथा सदस्य जिवन घिमिरे लगायतको उपस्थीति रहेको थियो  ।

Comments

comments

सम्बन्धित शीर्षकहरु