सप्तरीमा चट्याङ लागेर पाँच जनाको मृत्यु, दुई जना घाइते

सोलुखुम्बु, असार ११

सप्तरीमा बिहीबार बिहान छुट्टाछुट्टै ठाउँमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ। वर्षासँगै परेको चट्याङमा परेर जिल्लाको महदेवा गाउँपालिकामा दुई जना, राजगढ गाउँपालिकामा एक जना र डाक्नेश्वरी नगरपालिकामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।

चट्याङमा परेर सप्तकोशी नदीमा नुहाउन गएका महदेवा गाउँपालिका–२ का ६० वर्षीय छेदी ठाकुर र सप्तकोशी नदी छेउमै २७ वर्षीय बेचन यादवको मृत्यु भएको उनले जानकारी दिए। त्यस्तै, खेतमा धान रोप्न जाँदा डाक्नेश्वरी नगरपालिका–९, लक्षनपट्टीका ३० वर्षीया ललितादेवी यादवको मृत्यु भएको प्रहरी प्रवक्ता भारतीले जानकारी दिए। त्यसैगरी, राजगढ गाउँपालिका वडा नं। २ बेल्ही चपेनामा खेतमा काम गर्न गएका ४६ वर्षीय केसी साहको पनि चट्याङ् लागेर मृत्यु भएको बताइएको छ।

चट्याङ लागेर घाइते भएका साहलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउनेबित्तिकै मृत्यु भएको प्रहरीले बताइएको छ। बेल्ही चपेनाकै १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छन्। घरमा काम गरिरहेको अवस्थामा चट्याङ्ले घाइते भएकी उहाँको गजेन्द्रनारायण सिंह अस्पताल राजविराज उपचार भइरहेको छ। यसैबीच, उदयपुरमा चट्याङ लागेर बिहीबार एक जनाको मृत्यु भएको र छ भने अर्का एक व्यक्ति घाइते भएका छन्। बिहान आएको मुसलधारे पानीेसँगै परेको चट्याङ लागेर त्रियुगा नगरपालिका १३ असारीका ४५ वर्षीय कानुन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक गोविन्द पुरीका अनुसार चट्याङले लागेर सोही वडाको भातिखर्ककी ३१ वर्षिया अनिता खड्का घाईते घाइते भएकी छन्। उनको खुट्टाको केहि भाग जलेको छ। सामान्य अवस्थामा रहेकी खड्काको जिल्ला अस्पतालमा उपचार भईरहेको प्रनाउ पुरीले बताए।

दुवै जना खेतमा काम गर्दैगरेको अवस्थामा चट्याङले हानेको प्रहरीले जनाएको छ। चट्याङले हानेर घाइते भएका चौधरीलाई उपचारका लागि उदयपुर जिल्ला अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत्यु घोषणा गरेको उनले बताए।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!