सन्नी लियोनीलाई बलिउडमा अर्की पोर्नस्टारले टक्कर दिने

पार्ने इन्डस्ट्रीमा काम गर्ने कलाकारले बलिउडमा पनि स्थापित हुन सक्छन् भन्ने उदाहरण सन्नी लियोनी बनिसकेकी छन् । लामो समयसम्म पोर्न मुभीमा काम गरेकी सन्नी पोर्न उद्योग छोडेर अहिले बलिउडकी ‘बेबी डल’ बनिसकेकी छन् । सन्नीलाई केही महिनाअघि रिलिज भएको ‘रागिनी एमएमएस २’ ले स्थापित हुन गतिलो मद्धत गरेको छ । सन्नी अहिले दर्शकमाझ लोकपि्रय बनिसकेकी छन् ।

सन्नीको सफलताले अब अर्की पोर्नस्टरलाई पनि बलिउडतर्फ आकषिर्त गरेको छ । सन्नीको सफलतालाई पच्छ्याउँदै अर्की पोर्नस्टार शान्ति डायनामाइट पनि बलिउडमा पाइला राख्ने तर्खरमा छिन् । शान्तिसँग निकट स्रोतलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेअनुसार उनी चाँडै बलिउडमा डेब्यू गर्दैछिन् । शान्तिलाई प्ले ब्वाई गर्लको रुपमा पनि चिनिन्छ । ‘बेबी डल’ गीतमा सन्नीले पोर्न फिल्मै कपी गरेर नाचेको आरोप केही समयअघि शान्तिले लगाएकी थिइन् । यस्तो आरोप लगाउने शान्ति बलिउडमा आएमा सन्नीका लागि गतिलै चुनौति हुनेछ ।

शान्तिले रुपेश पलको फिल्मबाट बलिउडमा डेब्यू गर्न लागेकी हुन् । जुनसेक्ससँग केन्दि्रत हरर फिल्म हो । शान्ति आफ्नो फिल्मलाई लिएर निकै उत्साहित भएको उनी निकट स्रोतलाई जनाउँदै भारती सञ्चारमाध्यमले उल्लेख गरेका छन् । शान्तिले बलिउडमा आफ्नो करियरलाई उचाइँमा पुर्‍याउन कुनै कसर बाँकी नछोड्ने बताएकी छन् । रुपेश पलको फिल्ममा खेल्नका लागि कडा मेहनेत गरेर शान्तिले अडिसन दिएकी थिइन् ।

शान्ति डायनामाइट बेलायती एडल्ट कलाकार हुन् । शान्ति सेक्स अपिल गर्ने उनको तरिका र बेलायतको एक एडल्ट टीटी च्याट शोका लागि प्रसिद्ध छिन् । युगाण्डाको राजधानी कम्पालामा जन्मेकी शान्ति आफैं एउटा कम्पनी पनि चलाउँछिन् । रुपेश पलको फिल्ममा डेब्यू गर्नुअघि उनले सौरभ मल्लिकको फिल्म ‘चल डाक्टर डाक्टर खेलंे’ फिल्मको गीतमा आइटम डान्स गर्ने चर्चा चलेको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु