सदरमुकाम सल्लेरीका अधिकांस मासु पसल अबैध रुपमा सञ्चालन

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, ज्येष्ठ २
सोलुखुम्बु सदरमुकाम सल्लेरीका अधिकांस मासु पसल अबैध रुपमा सञ्चालन गरेको पाईएको छ । नयाँ बजार र सल्लेरी बजार क्षेत्रका मासु पसल दर्ता नगरि सञ्चालन गर्दै आएको पाईएको हो । राँगा, कुखुरा र खसिको मासु बेच्दै आएका मासु पसल संचालकहरुले नगरपालिका र घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता गराउनु पर्ने भएपनि विना दर्ता संचालन गरिरहेका छन् ।

नगरपालिकामा गत आर्थिक वर्ष २०७४÷७५ मा १३ वटा मासु पसल दर्ता भएका थिए । दर्ता गरिएको पसलको चालु आर्थिक बर्षमा नविकरण गरिएको छैन् । घरेलु तथा साना उद्योग विकास समितीमा आर्थिक बर्ष २०७०÷७१ यता २६ वटा मासु पसल दर्ता भएका छन् । नगरपालिकाका पशु विकास अधिकृत भिमलाल तामाङले हरेक व्यवसायीक कामका लागि सम्बन्धित निकायमा दर्ता अनिवार्य भएपनि कतिपयले अवैध रुपमा मासु व्यवसाय संचालन गरिरहेको बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु