सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका लागि १५ दिन भित्र बिद्ययक ल्याईने

काठमाडौं , ११ चैत
सरकारले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठनका लागि १५ दिनभित्र सदनमा विधेयक ल्याउने प्रतिवद्धता जनाएको छ ।
आज बसेको संसद बैठकले राष्ट्र ऋण उठाउने विधेयक–२०७० पारित गरेको छ । अर्थमन्त्री डा रामशरण महतले उक्त विधेयक पारित गरियोस् भनी प्र्रस्ताव राख्नुभएको थियो ।

त्यस्तै वैठकमा विदेशमा रहेका नेपालीलाई उनीहरुले बसोबास गर्ने देशमा रहेका नेपाली दूताबासबाट मतदान गर्ने अधिकार दिइनुपर्ने आवाज उठेको छ । बैठकमा गृहमन्त्री वामदेव गौतमले निर्वाचनसम्बन्धी विधेयक प्रस्तुत गरेपछि छलफलमा भाग लिदै सभासदहरुले सो विधेयकमा प्रवासी नेपालीलाई मतदानको अधिकार उल्लेख गर्न आग्रह गरेका हुन् । त्यस्तैै काँग्रेस सभासद रामकृष्ण यादवले धनुषाको यदुकुवामा एसएलसी परीक्षाका क्रममा आज भएको झडपको छानबिन गर्न माग गर्नु भयो ।

बैठकमा बोल्दै सभासद छाया शर्मा लगायतले वृद्धबृद्धाहरुलाई उनीहरुले बसोबास गर्ने स्थानबाटै मतदान गर्न पाउने ऐनमा व्यवस्था गर्नसमेत माग गर्नुभएको छ । वैठकको शुन्य समयमा बोल्दै सभासद धनराज गुरुङले मन्त्रिपरिषदले नियुक्त गर्ने २६ सभासदको मनोनयन नभएको प्रति हराइरहेको भए सूचना निकाल्नु पर्ने हो कि ? भनेर व्यङग्य गर्नुभएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!