सतुवा चोरी निकासी गर्ने क्रममा दुई ब्यक्ति पक्राउ

बिक्रम श्रेष्ठ । असार ११–
सोलुखुम्बुबाट अबैध रुपमा सतुवा जडिबुटि निकासी गर्ने क्रममा जिल्ला बन कार्यलयले २ जनालाई पक्राउ गरेकोे छ । बहुमुल्य मानिने सुकेको २० किलोग्राम सतुवा सोलुखुम्बु र ओखलढुंगाको सिमाना पत्तालेमा अन्यत्र लैजादै गर्दा पक्राउ गरिएको हो । बा २ च ५१६५ नम्बरको जीपमा लुकाई छिपाई लैजादै गर्दा रामेछाप गुम्देल ३ घर भएका बर्ष ४१ का छेवाङ शेर्पा र चालक उद्ध बहादुर मगरलाई प्रहरी चौकी पत्तालेको सहयोगमा जिल्ला बन कार्यलय सल्लेरीका गस्ती टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुबै जना जिल्ला बन कार्यलयको समन्यमा प्रहरीको हिरासतमा रहेको छ । उनीहरुको बारेमा थप अनुसन्धान भईरहेको बनले जनाएको छ । सतुवालाई तीनतले बाँको नामले पनि चिनिन्छ । यस्तो जडिबुटि समुन्द्री सतहको २५ सय देखि ३३ सय मिटर सम्मको उचाइको हावापानी भएको जमिनमा पाईन्छ भने सतुवाको खुल्ला बजार मुल्य प्रतिकेजी १० हजार रुपैयाँ रहेको छ । बिषादी उत्पादन गर्न सतुवाको बिशेष प्रयोग गरिन्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु