सडक छेउका सामाग्री हटाउदै सोलुदुधकुण्ड

हिमाल एफ एम,
सोलुखुम्बु, असोज २४

सोलुदुधकुण्ड नगरपालिकाले सडक छेउछाउका निर्माण सामाग्री हटाउन थालेको छ ।

सदरमुकाम क्षेत्रमा मापदण्ड विपरित बनेका घर टहरा हटाउन सफल भएको नगरपालिकाले सडकलाई फराकिलो बनाउन र नगरको सुन्दरता थप गर्नका लागि सडक छेउमा राखिएका निर्माण सामाग्री हटाउन शुरु गरेको मेयर नाम्गेलजाङबु शेर्पाले जानकारी दिनुभयो ।

मंगलबार नगरले केहि ठाउँको सामाग्री हटाएको छ । सडक छेउमा सामाग्री थुर्पादा सवारी आवतजावतमा समस्या हुने गरेको छ भने दुर्घटनाको जोखिम समेत बढाएको छ ।

नगरले सडक छेउमा राखिएका निर्माण तथा व्यापारिक सामाग्री सम्बन्धित घरधनिलाई हटाउन समेत आग्रह गरेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु