सडकको अबस्था सुधार्न प्रजिअको निर्देशन

बिक्रम श्रेष्ठ । जेष्ठ १४–
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी उद्धब प्रसाद तिमल्सीनाले स्थानिय स्तरमा रहेका बिकास निर्माणका कार्यहरु ब्यबस्थित तरिकाले सम्पन्न गर्न कार्यलय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । आज कार्यभार सम्हाले सगै भएको कार्यालय प्रमुखहरुको बैठकमा प्रमुख जिल्ला अधिकारीले स्थानिय स्तरमा हुने बिकास निर्माणका कामहरुमा धेरै नअल्झन पनि आग्रह गर्नुभयो । जिल्लाको शान्ती सुब्यबस्था कायम गर्नका लागि आफ्नो प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै प्रजिअ तिमल्सिनाले बिकास निर्माणलाई पनि बिशेष जोड दिने बताउनुभयो । कार्यभार सम्हाले पछि हिमाल एफ.एम संग कुराकानी गर्दै प्रजिअ तिम्लसिनाले यस्तो बताउनुभएको हो । उहाले जिल्लाको मुख्य समस्याको रुपमा रहेको सडक सन्जालको बिस्तारका लागि केन्द्रिय निर्देशन नपर्खि स्थानियस्तरमै समस्याको समाधान गर्न स्थानिय बिकास अधिकारी लक्ष्मण ढकाल र जिल्ला प्राबिधिक कार्यालयका प्रमुख मुक्ती भटराईलाई निर्देशन समेत दिनुभयो । सदरमुकामकै सडकको अबस्था नाजुक रहेको भन्दै एक महिना भित्र मर्मत गरि सडकको अबस्थामा सुधार ल्याउन निर्देशन दिनुभयो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!