सचिब कठायतको मृत्यू

विक्रम श्रेष्ठ,
सोलुखुम्बु, २८ असार

सोलुखुम्बुको साविकका भकान्जे गाविसका सचिब हरिलाल कठायतको निधन भएको छ । भकान्जेवाट सदरमुकाम आउदै गर्दा कठायतको मृत्यू भएको हो ।

हिड्दै गर्दा बाटोमा मुटु दुख्यो भनेपछि स्वास्थ्य चौकी लैजाने क्रममा उनको मृत्यू भएको बताईएको छ । शबलाई सदरमुकाम ल्याउने तयारी भईरहेको छ ।

प्रहरीले मुचुल्का तयार पारेपछि हेलीकोप्टर मार्फत शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याइने प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो ।

स्थायी घर जुम्ला भएका कठायत दुइ बर्ष देखि भकाञ्जेमा गाबिस सचिबको रुपमा काम गर्दै आएका थिए ।

मृतक कठायत प्रति हार्दिक श्रद्धान्जली, परिवारजनमा समबेदना !

Comments

comments

सम्बन्धित शीर्षकहरु