सगरमाथा संरक्षक अभियन्ता वाङछु शेर्पाको निधन

Wan6u Sherpa

शिखर गजरकोटे, पौष १५ –
सगरमाथा संरक्षक अभियन्ता वाङछु शेर्पाको निधन भएको छ ।

शेर्पाको आज विहान करिब ९ बजे ४८ बर्षको उमेर निधन भएको हो । पिके मिडिया ग्रपद्धारा सञ्चालित शेर्पाखबरडटकम र शेर्पाखबर साप्ताहिकका संरक्षक समेत रहेका शेर्पा लामो समय देखि क्यान्सर रोगवाट पिडित हुनुहुन्थ्यो ।

सगरमाथा संरक्षक अभियन्ता २०७२ वाट समेत सम्मानित शेर्पाको नेपाल क्यान्सर अस्पताल, भारत र अमेरिकामा समेत उपचार गर्दा समेत स्वास्थ्यमा सुधार आउन सकेको थिएन । अस्पतालमा उपचार असम्भव भएपछि शेर्पालाई केहि दिन देखि आफ्नै घरमा राखिएको थियो ।

शेर्पाको पार्थिव शरीरलाई आज दिनभर वौद्ध संस्कार अनुसार पूजापाठका लागि वालाजु ढुंगेधारा स्थित घरमै राखिने पारिपारिक स्रोतले जनाएको छ । घरमा पूजापाठपछि वौद्ध धर्मालम्विको संस्कार अनुसार पूजापाठ र श्रद्धाञ्जलीको लागि शेर्पा गुम्वा वौद्धमा बेलुका पार्थिव शरीरलाई लगिने भएको छ । शेर्पा गुम्वामा तीन दिनसम्म राखेर पूजापाठ गरीने छोरी ल्हाक्पा शेर्पाले जानकारी दिइन् । सगरमाथा आरोही संघ लगायत दर्जनौं संघसंस्थामा आबद्ध शेर्पा विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा समेत ख्याती कमाएका थिए ।

यसअघि उनको स्वास्थ्य अवस्था बुझ्न उपराष्ट्रपति नन्दबहादुर पुनमगर, प्रधानमन्त्री केपी शर्मा ओली, सभामूख ओनसरी घर्तीमगर, उपप्रधानमन्त्री सिपी मैनाली, पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेल, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, विशिष्ट श्रेणीका व्यक्तित्वहरु, विभिन्न सामाजिक संस्थाका प्रतिनिधीहरु अस्पताल पुगेका थिए ।
स्रोत – शेर्पाखबर

Comments

comments

सम्बन्धित शीर्षकहरु