सगरमाथा र ल्होत्से हिमालको बसन्त ऋतुमा पहिलो सफल आरोहण

हिमाल एफ.एम्
सोलुखुम्बु, ज्येष्ठ १
सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्ने हिमालको बसन्त ऋतुमा गरिने आरोहण शुरु भएको छ । आठ हजार ८४८ मिटरको विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा र आठ हजार ५१६ मिटर अग्लो ल्होत्से हिमाल आरोहणका लागि बाटो बनाउँदै पहिलो आरोहण सफलतापूर्वक सम्पन्न भएको छ ।

स्प्रिङ सिजन २०१९ को आरोहणका लागि मङ्गलबार दिउँसो पौने दुई बजे सगरमाथाको शिखरमा डोरी टाँग्ने काम सम्पन्न भएको छ । यससँगै आरोहणको अन्तिम तयारी पूरा भएको हो । दोलखाका सिद्धिबहादुर तामाङको नेतृत्वमा संखुवासभाका पासाङदावा शेर्पा, दावानुर्वु शेर्पा, मिङदोर्जी शेर्पा, आङफुर्वा शेर्पा, साङ्बु भोटे लामा, सोलुखुम्बुका दोर्जीग्याल्जेन शेर्पा, पासाङदावा शेर्पाको टोलीले सगरमाथाको शिखरमा पुग्नका लागि जाने बाटमा डोरी टाँगेपछि सफल आरोहण गरेको आधारशिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

अधिकृत श्रेष्ठका अनुसार डोरी टाँग्ने टोली हिमालयन गाइडस् नेपाल टे«क्स एण्ड एक्सपीडिसन प्रा.लि.को म्याडिसन माउण्टेनरिङ एभरेष्ट एक्सपीडिसन २०१९ मार्फत गएको हो । त्यस्तै, मङ्गलबार बिहान ९ः४७ मा १२ जनाको टोलीले बाटो बनाएसँगै ल्होत्से हिमालको चुचुरोमा सफल आरोहण गरेका छन् । सोलुखुम्बुको विभिन्न हिमाल आरोहणका लागि नेपाल तथा विश्वका विभिन्न देशबाट ५५६ जना आरोहीहरु आधारशिविरमा भेला भएका छन् । पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि विदेसी ३५ समुहबाट ३६५ जना, स्वदेसी ६ समूहबाट १३ जना गरी ४१ समूहका ३७८ जना आरोही जना, ल्होत्से हिमालको आरोहणका लागि १० समूहका ९२ जना, नुप्त्से हिमालका लागि तीन समूहका ३७ जना र आमाडब्लमका लागि पाँच समूहका ४९ जना आरोहीले अनुमति लिएर आधारशिविरमा छन् ।

सगरमाथा आरोहणमा आकर्षण बढेसँगै आधारशिविरमा घुँईचो

सगरमाथा आरोहणमा आकर्षण बढेसँगै आधारशिविरमा घुँईचो भएको हो । सगरमाथालगायत सोलुखुम्बुका हिमालहरु आरोहणका लागि सगरमाथा प्रदुषण नियन्त्रण समितिबाट प्रवेशाज्ञा लिएर मात्र जानु पर्दछ । सबै आरोहीहरुले एउटै आधारशिविर प्रयोग गर्नाले पनि आधारशिविरमा आरोही तथा आरोहण दलका सहयोगी एक्सपिडिसनका गाईडहरु, सहयागीहरु रहेका छन् । बर्षको दुईपटक आरोहणका लागि खुल्ला गरिए पनि आरोहीहरुले सगरमाथा आरोहणका लागि बसन्त ऋतुलाईनै बढी रोज्ने गरेको पाइएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु