सगरमाथा राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा १६ करोड भन्दा बढि राजश्व संकलन

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, साउन २५

सगरमाथा राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा १६ करोड भन्दा बढि राजश्व सङकलन गरेको छ । आर्थिक वर्ष २०७५–७६मा १६ करोड १० लाख ६६ लाख ७२ रुपैया ६ पैसा राजश्व संकलन गरेको निकुञ्जले जनाएको छ ।

सार्क राष्ट्रका नागरिक, नेपाली गाईड, हेली, भरिया, बिदेशी क्याम्पिंग, सार्क क्याम्पिङ, नेपाली क्याम्पिंग, खोलाजन्य होटेल र लज भाडा, साहसिक पर्यटकीय गतिबिधि, बेरुजु असुल, दण्ड जरिवाना, एनसेल टेन्डर फारम, निगालो, काठ लगायतका शिर्षकबाट उक्त राजश्व गरेको निकुञ्जका सुचना अधिकारी रविन चौधरीले जानकारी दिनुभयो ।

निकुन्जले श्रावण महिनामा १९ लाख २७ हजार ७ सय ९, भदौमा, ३० लाख ५९ हजार ८ सय ५४, असोजमा २ करोड ६० लाख १५ सय ९० रुपैया, कार्तिकमा ३ करोड ८१ लाख १३ हजार ९ सय ९८ रुपैया राजश्व संकलन गरेको छ ।

यस्तै, मंसिरमा १ करोड ५ लाख ५१ हजार ८ सय ३७, पुसमा ६८ लाख २८ हजार १ सय ६७ रुपैया, माघमा ३१ लाख ३२ हजार, ३ सय ९६ रुपैया, फागुनमा ७८ लाख ४३ हजार ९ सय ८६ रुपैया, चैत्रमा २ करोड २५ लाख ५२ हजार ४ सय ८४ रुपैया संकलन भएको छ ।

बैशाखमा २ करोड ९० लाख ३३ हजार, ४ सय ४० रुपैया, जेष्ठ ९ लाख २४ हजार ३ सय ८२ र असार महिनामा ३० लाख ९६ हजार १ सय ५६ हजार राजश्व संकलन भएको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु