सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा अबैध रुपमा प्रयोग गरिएका ९ वटा ड्रोन क्योमरा बरामद

दिपेन्द्र पराजुली,
सोलुखुमबु, साउन २५

अबैध रुपमा विभिन्न दृश्य कैद गर्न प्रयोग गरिएका ९ वटा ड्रोन क्यामेरा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बरामद गरिएको छ ।

गत आर्थिक वर्षमा निकुञ्ज क्षेत्राधिकार भित्र विभिन्न दृश्यहरु खिच्नका लागि बिदेसि पर्यटकहरुले प्रयोग गरेका ९ वटा ड्रोन क्यामेरा बरामद गरिएको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

ड्रोन क्यामेरा प्रयोग गर्नेहरु स्विस, चिन, जर्मनि, फिलिपिन्स, मेक्सिको, कोरिया, माल्तिेसे, हङकङबाट आएका पर्यटकहरु रहेको निकुञ्जका सुचना अधिकारी रविन चौधरीले जानकारी दिनुभयो ।

पर्यटकिय सिजनमा विदेशी पर्यटकले ड्रोन क्यामेरा प्रयोग गरेका हुन् । पर्यटन विभाग र गृह मन्त्रालयबाट स्वीकृती लिएपछि मात्र ड्रोन क्यामरा प्रयोग गर्न पाईन्छ ।

अनुमति नलिई क्यामरा प्रयोग गरेका विदेशी र नेपाली नागरिकको ड्रोन कारबाही स्वरुप निकुञ्जले नियन्त्रणमा लिएर लिलाम विक्रि गरि राजस्वमा दाखिला गरेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु