सगरमाथामा मानिसको शब भेटियो

बिक्रम श्रेष्ठ
सोलुखुम्बु, १६ बैशाख

सर्बाेच्च शिखर सगरमाथामा मानिसको शब भेटिएको छ । सगरमाथाको आधार शिबिर देखि माथि क्याम्प एक नजिकै मानिको शब भेटिएको पर्यटन कार्यलय नाम्चेका प्रमुख टंक भटराइले पुष्टि गरे । हिउँको थुप्रोमा खुटा मात्रै देखिएको उक्त शब कस्को हो भन्नेबारे केही थाहा हुन नसकेको भटराइको भनाइ छ । तर गएको केही बर्ष यता सगरमाथामा कोही पनि हराएको सुचना नआएकाले केही बर्ष पुरानो लाश हुन सक्ने बताइएको छ ।

सगरमाथा आरोहणमा सहयोगी रहेका एक ब्यक्तिले मानिसको लास भेटिएको सुचना दिएको र त्यो साँचो भएको पुष्टि भएकाले लाश निकाल्ने प्रयास भइरहेको भटराइले जानकारी दिए । लाश निकाल्न हिमालय क्षेत्रमा रेस्क्यु एक्स्पर्टलाइ पठाउन तयारी भइरहेको प्रहरी नायब उपरिक्षक माधब बुढाथोकीले जानकारी दिए ।

सगरमाथा आरोहणमा जाने आरोहीहरु अहिले क्याम्प दुइ सम्म पुगिसकेका छन् । आरोहीकै सहयोगीहरुले लाश देखे पछि संबन्धीत निकायलाइ खबर गरेका थिए ।
सगरमाथा क्षेत्रमा मानिसको शब धेरै भएको सरकारको सम्पर्क अधिकृतको रुपमा सगरमाथा क्षेत्रमा लामो समय बिताइसकेका अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । सन् १९४० देखिको लडेर वा बिभिन्न कारणले मृत्यु भएका आरोही वा सहयोगीहरुको शब सगरमाथा क्षेत्रमा रहेको श्रेष्ठको भनाइ छ । हिउँमा लाश नकुहिने भएकाले शबहरु भेटिनु स्वभाबिक भएको उनको भनाइ छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु