सगरमाथा मर्चेण्ड बैक सोलुखुम्बुको निक्षेप संकलनमा बृद्धि

हिमाल एफ.एम. साउन १५ ।
सगरमाथा मर्चेण्ट बैकिङ एण्ड फाइनान्स लिमिटेड सोलुखुम्बु शाखाले दुइ आर्थिक बर्षको तुलनामा लक्षभन्दा झण्डै डेढ करोड बढि निक्षप संकलन गर्न सफल भएको छ । गत आर्थिक बर्ष २०७०–७१ मा सगरमाथाले १९ करोड रुपैयाँ निक्षेप सकलन गर्न सफल भए संगै निक्षपदर बढेको हो । १८ करोड रुपैयाँ निक्षेप संकलन गर्ने उक्त पाईनान्स लिमिटेडको तार्गेट भए पनि १९ करोड ४८ लाख रुपैयाँ पुजी संकलन गर्न सफल भएको सगरमाथा मर्चेण्ट बैकिङ एण्ड फाइनान्स लिमिटेड सोलुखुम्बु शाखाका प्रबन्धक ज्ञानदिप राईले जानकारी दिनुभयो । आर्थिक बर्ष २०६९–७०मा १२ करोड रुपैयाँ मात्रै पुजी रहेको सगरमाथाको निक्षेप यस आर्थिक बर्षमा ह्वात्तै बढेको छ । निक्षेपदर बृद्धी गरे पनि उस्को कर्जा लगानी भने सन्तोषजनक रहेको छैन । अहिले ४ करोड ५० लाख रुपैयाँ मात्रै लगानी रहेको राईको भनाई छ । घर कर्जा, ब्यापारी कर्जा, कृषी कर्जा तथा बिपन्न कर्जामा लगानी खुल्ला गरेको भए पनि लगानीमा बृद्धी नभएको हो । देशभर ६ शाखा रहेको सगरमाथा मर्चेण्टको कुल मुनाफा ११ करोड ५० लाख रुपैया रहेको छ । अन्य बैङ्कहरुको तुलनामा उच्च आर्कषक ब्याज दरमा बचत गर्दै आएको राईको भनाई छ । अहिले न्युनतम १४ प्रतिशत देखी अधिक्तम १६ प्रतिशत सम्म ब्याजदरमा कर्जा लगानी गरिरहेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु