सगरमाथा आरोहणमा गएका १० जना आरोहीको मृत्यु

सोलुखुम्बु, जेष्ठ १५
सगरमाथा आरोहणका लागि गएका १० आरोहीको मृत्यु भएको छ । उनीहरुको एक हप्ताको अवधिमा मृत्यु भएको हो । शनिबार बिहान ४४ वर्षीय वेलायती नागरिक रोबिन फिसरको मृत्यु भएसँगै यो एक हप्ताको अवधिमा सगरमाथामा मृत्यु हुनेको संख्या १० पुगेको सगरमाथा आरोहण अभियानका आयोजकले जनाएका छन् ।

शनिबार सगरमाथिाको चुचुरोमा पाइला टेकेर फर्कंने क्रममा लडेर फिसर ज्यान गएको बताइएको छ । शुक्रबारमात्र सगरमाथाको तिब्बती क्षेत्रमा एक आइरिस पर्वतारोहीको मृत्यु भएको थियो। सगरमाथा आरोहण अभियानका आयोजकले आफ्नो फेसबुक पेजमा ५६ वर्षीय आइरिस आरोहीको मृत्यु भएको प्ुष्टि गरेको छ ।

गत हप्ता भारत, अमेरिका, अस्ट्रिया र नेपाल गरी ४ पर्वतारोहीको मृत्यु भएको थियो। केही दिन अगाडिमात्र अर्का एक पर्वतारोही सगरमाथा चढ्ने क्रममा लडेर बेपत्ता भएको जनाइएको छ। उनको समेत मृत्यु भएको आशंका गरिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु