सगरमाथाको माथिल्लो स्टेपको बाटो निर्माण गरिदै

बिक्रम श्रेष्ठ
सोलुखुम्बु, २० बैशाख

सर्बाेच्च शिखर सगरमाथाको आरोहणका लागि सगरमाथाको माथिल्लो स्टेपमा बाटो निर्माण सुरु गरिएको छ । आरोहीहरु धमाधम क्याम्प दुइबाट ३ सम्म जान थाले पछि चुचुरो पुग्ने बाटो निर्माण सुरु गरिएको सगरमाथा आधार शिबिरबाट सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

सगरमाथाको ८ हजार ६ सय ५० मिटर सम्मको उचाइमा मार्ग निश्चीत गरिएको र आगामी दुइ दिनमा चुचुरो सम्म आरोहणमा जाने लाइन निश्चीत गरिने छ । त्यसका लागि १० जना आरोहण सहयोगीहरु सक्रिय छन् । अहिले सगरमाथाको बाल्कोनीबाट हिलारी स्टेप तर्फ लाइन निश्चीत गर्ने काम भइरहेको श्रेष्ठको भनाइ छ ।

यस्तै संगै रहेको ल्होत्से हिमालको पनि आगामी मे ९ अर्थात २६ गते पुरा गरिसक्ने योजना छ । त्यस पछि धमाधम आगामी हप्ताबाट आरोहीहरुले शिखर चुम्न सुरु गर्ने छन् । सगरमाथामा अहिले ३९ समुहबाट ३ सय ६५ जना आरोहणको तयारीमा छन् ।

केही आरोहीहरु क्याम्प थ्रि सम्म पुगिसकेका छन् । केही आरोहीहरु भने बाता अनुकुलीत हुन आधारशिबिर देखि लबुचे, नाम्चे लगायतका गाउँ सम्म झर्ने गरेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु