संसद खुलाउनेबारे सरकार र प्रतिपक्षीबीच सहमति

हिमाल एफ एम । फागुन १२,
news-23022017114123-1000x0
व्यवस्थापिका संसद बिहीबारदेखि सञ्चालन हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली र सभामुख ओनसरी घर्तीबीच संशोधन विधेयक अगाडि बढाउने सहमतिपछि संसद खुल्ने भएको हो । बिहान सिंहदरबारमा भएको तीन पक्षीय छलफलमा सहमतिमै संशोधन प्रक्रिया अगाडि बढाउने निष्कर्षण पुगेको सभामुख घर्तीले जानकारी दिइन् । आजैबाट संसद्को बैठक सञ्चालन हुने र संविधान संशोधन लगायत कार्यसूचीमा रहेका विषय प्रक्रियागत रुपमा अघि बढाउन प्रतिपक्षले सहयोग गर्ने सहमति भएको सभामुख घर्तीले बताइन् । संसद बैठक आज बिहीबार ३ बजेका लागि बोलाइएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु