संसदको पहिलो बैठक सुरु, कोइरालाले भने ८-१० वर्षमा कायापलट

हिमल एफ एम माघ  १२ – संबिधानसभा पहिलो वैठक बसेको चार दिनपछि व्यबस्थापिका संसद्को पहिलो वैठक आइतबार नयाँ बानेश्वस्थित संविधानसभा भवनमा सुरु भएको छ। अहिले नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संसदमा आफ्नो बक्तब्य प्रस्तुत गरिरहेका छन्। ‘सरकार गठन अहिले प्रमुख आवश्यकता हो,’ उनले बक्तब्यमा भने,’ ८-१० वर्षमा देशको कायापलट गर्न सकिन्छ।’

वैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले वैठकलाई राष्ट्रपतिको वैठक आह्वानको पत्र पढेर सुनाएका थिए। संबिधानसभाको जस्तै संसद्को पहिलो वैठकमा पनि महत्वपूर्ण कार्यसूची छैनन्।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!