संविधान संशोधन विधेयकमाथि २४ ओटा संशोधन दर्ता

हिमाल एफ एम
काठमाडौँ, १६ बैशाख

सरकारले व्यवस्थापिका–संसदमा पेस गरेको संविधान संशोधन विधेयकमाथि २४ ओटा संशोधन दर्ता भएको छ । संसद सचिवालय सिंहदरबारमा सबैभन्दा बढी संशोधन नेकपा एमालेले २१ ओटा, नेपाल मजदुर किसान पार्टीले २ ओटा र मालेले एकओटा दर्ता गराएका छन् । सरकारले गत सोमबार संसदमा संविधान संशोधन प्रस्ताव पेस गरेको थियो ।

संसद नियमावलीको नियम १२२ अनुसार संसदमा प्रस्तुत् विधेयकमाथि सैद्धान्तिक छलफलमात्रै हुनेछ । त्यसपछि संसद नियमावली १२७ अनुसार सांसदहरुले संशोधन प्रस्ताव राख्न पाउनेछन् । संशोधन पेस गर्न चाहने कुनै सांसदले विधेयकमाथि छलफल सकिएको ७२ घन्टाभित्र संशोधनसहितको सूचना महासचिव वा सचिवलाई दिनुपर्नेछ । उक्त संशोधनको बुँदा सांसदहरुलाई उपलब्ध गराइनेछ ।

संविधान संशोधन विधेयकको धारा वा उपधारा वा त्यसमा प्रस्तुत् भएको संशोधनलाई सभामुखले एक/एक गरी बैठकमा प्रस्तुत् गर्नुपर्ने हुन्छ । ‘संविधान संशोधनसम्बन्धी विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव संसदमा तत्काल कायम रहेका कम्तीमा दुई तिहाइ सदस्यको बहुमतबाट स्वीकृत भएमा विधेयक पारित हुनेछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु