संविधान निर्माण प्रक्रिया रोक्ने सर्त अस्वीकार्य : चार दल

हिमाल एफ एम । भदौ १३- प्रमुख चार दलले वार्ताका लागि संविधान निर्माण प्रक्रिया रोक्नुपर्ने मधेसी मोर्चाको शर्त अस्वीकार गरेका छन् । तर, तनावग्रस्त क्षेत्रमा खटाइएको सेनालाई फिर्ता गर्न सकिने चार दलका नेताले निश्कर्ष निकालेका छन् ।

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ताका लागि चारबुँदे सर्त अघि सारेको छ, जसमा संविधान निर्माण प्रक्रिया रोकेर सबै दलको सहमतिमा संविधान बनाउने प्रतिवद्धता जनाउनुपर्नेसमेत उल्लेख छ । तर, चार दलको बैठकले संविधानसभाको प्रक्रिया रोक्ने मोर्चाको मागलाई अस्वीकार गर्दै सातदिनभित्र वार्ता र संविधान निर्माण प्रक्रिया सुचारु राख्ने निर्णयसहितको पत्र आन्दोलनरत दललाई प्रधानमन्त्रीमार्फत् पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको चार दलका शीर्ष नेताहरुको बैठकले संविधान निर्माणको प्रक्रियालाई नरोकी वार्ता र संविधान निर्माण सँगसँगै अघि बढाउने निर्णय गरेको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु