संविधान जारी भएपछि मात्रै सरकारको नेतृत्व छाड्ने कांग्रेसको निश्कर्ष

हिमाल एफ एम जेष्ठ १५- नेपाली कांग्रेसले संविधान जारी भएपछि मात्र सरकारको नेतृत्व छाड्न सकिने निश्कर्ष निकालेको छ । विहीबार बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी र मन्त्रीहरुको संयुक्त बैठकले संविधान निर्माणको विषयमा सहमति बने यही सरकारलाई राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिने र संविधान जारी भएपछि नेतृत्व हस्तान्तरण गर्न सकिने निश्कर्ष निकालेको हो ।

बैठकले संविधान निर्माण, भूकम्पबाट प्रभावितको व्यवस्थान र पुनःनिर्माणलगायतका काम छोडेर सरकार परिवर्तनको एजेन्डालाई प्रमुखता दिने पक्षमा नलाग्ने निर्णय गरेको सहमहामन्त्री पूर्णबहादुर खड्काले हामीलाई जानकारी दिए । संविधानबारे सहमति गर्दै पुनःनिर्माणको विषयमा एक भएर लाग्न राष्ट्रिय सरकार बनाउन कांग्रेस तयार रहे पनि सबै कुरा छोडेर सरकार मात्र फेर्ने कुरामा नलाग्ने खड्काले बताए ।

विपत्तिको बेला सरकार परिवर्तनको बारेमा धेरै बहस नगर्न कांग्रेसले अन्य राजनीतिक दलका नेताहरुसँग आग्रह गर्ने पनि खड्काले बताए । कांग्रेसले संविधानमा सहमति भएका विषयलाई १७ गतेदेखि बस्ने संविधानसभा बैठकबाट पारित गर्दै लैजाने र ६ देखि ८ प्रदेश बनाउने गरी अरु दलहरुसँग छलफल थाल्ने निर्णयसमेत गरेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु