संघियता कार्यन्वयनको चरणमा रहेको संघिय सांसद राईको भनाई


दिपेन्द्र पराजुली,
सोलुखूम्बु, मंसिर ५

सोलुखुम्बुका प्रतिनिधि सभा सदस्य हेमकुमार राई सुरविरले अहिले संद्दियता कार्यन्वयनको चरणमा रहेको बताउनुभएको छ। तत्कालिन माओवादी विद्रोही र नेपाल सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १३ वर्ष को अवधिमा मुलुक गणतन्त्र, धर्म निरपेक्षता हुँदै संघियतामा प्रवेश गरेर अहिले कार्यान्वयनको चरणमा रहेको बताउनुभएको हो । महोत्सवको उद्घाटन गर्दै संघीय सांसद हेमकुमार राईले थुलुङदूधकोशी गाउँपालिका जिल्लाकै क्रियाशिल गाउँपालिका भएको भन्दै विकास निर्माणमा निकै अघि बढेको बताउनुभयो । आफ्नो कार्यकालमा टोल टोलमा सडक, घरघरमा विद्युत र दर्जनौ मोरेबल बन्ने दाबि गर्नभयो । उहाँले जनताले जनप्रतिनिधिलाई सुझाव दिएर हौसला प्रदान गर्न आग्रह गर्नुभयो ।

जिल्लाका प्रदेस सभासदस्य बुद्धिकुमार राज भण्डारीले जिल्लाको विकासमा राजनितिक दलहरु एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । विकासको दृृष्टिकोणमा थुलुङदुधकोसी गाउँपालिका जिल्लाको नमुना स्थानिय तह बनेको राजभण्डारीको भनाई छ । जिल्लाका अर्का प्रदेस सांसद उत्तम कुमार बस्नेतले जिल्लामा खुट्टा तान्ने प्रबृत्तिका कारण जनअपेक्षित काम हुन नसकेको प्रतिक्रिया दिनुभयो । सासंद बस्नेतले जिल्लामा खेलकुदका कार्यक्रमले पर्यटन भित्र्याउन महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । नेकपा जिल्ला अध्यक्ष मानविर राईले जनताले साथ दिएकाले सोलुखुम्बुको मुहार फेरीएको बताउनुभएको छ ।सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गरेकाले सरकारलाई आफ्नो तहबाट सक्दो सहयोग गर्नका लागि महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो ।

उहाँले गाउँपालिकामा ५ ओटा मोटरेबल पुल निर्माणको चरणमा रहेको बताउनुभयो । महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किरातिले सडकले गाउँपालिकाको मुहार फेरीएको बताउनुभयो । कार्यक्रमा बोल्दै माप्यदुधकोसी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले गाउँपालिकामा मोटरेबल पुल र सडकलाई प्रथामिकता दिएर काम गरिरहेको बताउनुभयो । यसैबीच, कृषि र स्थानीय खाना प्रर्दशनी गरिएको छ । कार्यक्रममा जिल्लाका ३० जना कृषकले १ सय १ थरीका कृषि उपज प्रदशर्निका लागि ल्याएका थिए ।

यसैबीच थुलुङदुधकोसी गाउँपालिकाको केन्द्र मुक्लिमा सुरु भएको खेलकुद कार्यक्रम अन्तरगत जिल्ला स्तरिय अन्तर वडा भलिबल प्रतियोगीताका ३० टिम पुरुष र ११ टिम महिलाले टिम दर्ता गराएका छन् । विजेतालाई नगद एक लाख, ७५ हजार, ५० हजार र २० हजारको साथमा शिल्ड, मेडल, ट्रफी र प्रमाण–पत्रप्रदान गरिने खेल संयोजक रामसर्घष किराँतीले जानकारी दिए । यस्तै डबल ब्यामिटन तर्फ १५ पुरुष र ७ महिलाको टिमले टिम दर्ता गराएका छन् । सिङगल ब्याडमिटन तर्फ १७ पुरुष र १० महिला रहेका छन् । त्यस्तै, थुलुङ दुधकोशी गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकाको सिमाना भित्ते देखि गाउँपालिकाको केन्द्र मुक्लिसम्म महिला÷पुरुष मिनिम्याराथन प्रतियोगीताको पनि आयोजना गरिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु