‘संगतले गायक बनायो’

सोलुखुम्बु 

पेशाले ईन्जिनियर, लामो समय पश्चिम भेगका कलाकर्मीको संगतले खोटाङ विजयखर्कका धर्मराज पोखरेललाई गायनले लोभ्यायो । जब, उनले ‘खोटाङ मध्य बसेरी’ गाए तब, गायनले निरन्तरता पायो ।

घरको नक्सा बनाउन व्यस्त समयबाट बचेको समयलाई गीत संगीतमा सदुपयोग गर्छन्, उनी । ईन्जिनियररिङ पेशाबाट कमाएको सानो हिस्सा गीत निर्माणमा खर्च गर्ने धर्मराज राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका मानार्थ सदस्य समेत हुन् ।

उनले दर्जन भन्दा बढि पुर्वेली र पश्चिमेली लोक तथा दोहोरी गीतमा स्वर रेकर्ड गराईसकेका छन् । उनका ‘शंका लागे’, ‘दुई दिने चोला’ र ‘आश्रममा बाउआमा’ले नेपालका प्रतिष्ठित अवार्ड दिलाईसकेको छ । गैरी लसुन, फेरि भेटौला, धारा पानीमा, रुदै धरर, दित्तेल बजार, जयराम घाटैमा, फुलैफूलको माला गाँसेर, लाखौ हजारमा, मुसुमुसु हाँस्यौ बोलका गीतहरु डिजिटल बजारमा छन् ।

उनै गायक धर्मराज पोखरेलको पछिल्लो गीतको रुपमा ‘बरु मर्ने बाटो’ बजारमा छ । नवराज दाहालको सृजनामा तयार भएको गीतमा पोखरेललाई निशा कार्कीले स्वरमा साथ दिएकी छिन् । विनोद बम र सारिका केसीले अभिनय गरेको वियोगान्त गीतमा खेम थापा मगरले क्यामरा चलाएका छन् । भिडियो निर्देशन गायक स्वयम्ले गरेका छन् । https://youtu.be/kvdy1ct2gD8

सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय धर्मराजले ड्रिम प्रोजेक्टको रुपमा ‘तरुनी’ गीतको काम गरिरहेका छन् । ‘गीतसंगीतको नशा बसेपछि छोड्न नसकिने रहेछ ।’ गायक पोखरेलले भने, ‘कमाईको सानो हिस्सा गीतसंगीतमा लगानी गर्दै आएको छु । संगतले गायक बनायो, छोड्न सकिन’ पछिल्लो समय राम्रो सृजनामा माज्ञ लगानी गर्ने सोचमा रहेको उनले बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु