‘संकटकालमासमेत निर्वाध प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्नुपर्छ’

हिमाल एफ एम असार ११ –
नयाँ संविधानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गराउने विषयमा विज्ञहरुबीच परामर्श भएको छ । नेपाल पत्रकार महासंघले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा २०४७ साल र २०६३ सालको अन्तरिम संविधानमा सुनिश्चित हुन नसकेका तथा सुधार गरिनुपर्ने हक–अधिकारको विषयमा विज्ञहरुबीच छलफल भएको हो । नयाँ बन्ने संविधानमा विगतका त्रुटिहरुलाई सच्याउँदै ती विषयहरुलाई ग्यारेन्टी गर्ने वातवरण बनाउनुमापर्नेमा महासंघका अध्यक्ष महेन्द बिष्टले जोड दिए । यस्तै, संविधानविद् भीमार्जुन आचार्यले प्रेस स्वतन्त्राको प्रतिबन्धात्मक बुँदाको दुरुपयोग हुन सक्ने भन्दै नयाँ संविधानमा संकटकालमासमेत निर्वाध प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्नुपर्ने बताए । विज्ञहरुसँगको छलफलबाट प्राप्त हुने सुझावसहित सुधारका विषयलाई संविधानसभा अध्यक्ष सुवास नेम्वाङसमक्ष प्रस्तुत गरिने महासंघले जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!