श्रीमान बिदेशमा छँदा देबरसंग नारिएपछि…

बिक्रम श्रेष्ठ
सोलुखुम्बु १५, साउन-
सोलुखुम्बुको सोताङमा अबैध शिशु जन्माई हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । सोताङ ९ लगुवा की बर्ष २७ की कमला बिकले आफ्नो श्रीमान बिदेश भएको समयमा आफ्नै देबरको गर्भ बोकी शिशु जन्माएको र घर नजिकैको भीरमा लगेर झोलामा पोका पारेर ढुङगा माथि राखेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्त्री लिंगको शिशु यही साउन १० गते जन्माई हत्या गरेको प्रहरीको भनाइ छ । १ छोरा र १ छोरीलाई जन्म दिई सकेकि ति महिलाका श्रीमान रोजगारीको शिलशिलामा कतारमा रहेको बेला आफ्नै देवर ३२ वर्षिय लेख बहादुर विकले अवैध सम्बन्ध राखी शिशु जन्मीएको पारिवारिक श्रोतले जनाएको छ । उनका देवर लेख बहादुर पनि हाल विदेशमै छन् । आफ्नै संबन्धबाट गर्भ रहेको थाहा पाएपछि बच्नका लागि रोजगारीका लागि भन्दै बिदेश भासिएको बताईएको छ । थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक कुन्दन देबले जानकारी दिए ।
यस अघि पनि सोलुखुम्बुकै तिङला गाबिसमा यस्तै घटना घटेको थियो । तिङलामा अबैध शिशु जन्माई जमिनमा पुर्ने ३६ बर्षिय बिना भुजेले बि स २०७१ जेष्ठ १० गते शिशुलाई जन्म दिई १३ गते घर नजिकैको जमिनमा खाल्डो खनेर शिशुलाई पुरिदिएकी थिईन् । उनलाई जिल्ला अदालतले कर्तब्य ज्यान अन्तर्गत २० बर्ष जेल सजाय तोकेको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु