शेर्पा प्रदेशको माग गर्दै आज सोलुखुम्बुमा सिठि जुलुस प्रदर्शन

बिक्रम श्रेष्ठ
सोलुखुम्बु, २६ भदौ–
शेर्पा प्रदेशको माग गर्दै आज सोलुखुम्बुमा शेर्पा समुदायले सिठि जुलुस प्रदर्शन गरेका छन् । सदरमुकाम सल्लेरीमा साँझपख सिठि जुलुस निकालेका हुन् । शेर्पा प्रदेश संयूक्त संघर्ष समितिको आयोजनामा सोलुखुम्बुमा सुरु गरिएको आन्दोलनका कार्यक्रम अन्तर्गत आज साँझ सिठि जुलुस प्रदर्शन गरेका हुन् । सल्लेरीको नयाँ बजार देखि आबडाँडा सम्म सिठि बजाउदै प्रर्दशनकारीहरु सडकमा निस्कीएका थिए । उनीहरुले सोलुखुम्बु सहित ओखलढुंगा, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक जिल्लालाइ समेटेर शेर्पा प्रदेशको माग गरेर आन्दोलन अघि बढाएका छन् । भोली शान्तिपुर्ण बन्दको आयोजन गर्दै थप आन्दोलनका कार्यक्रम अघि बढाउन लागेकोले त्यसको संकेत स्वरुप सिठि जुलुस प्रदर्शन गरिएको शेर्पा प्रदेश संयूक्त संघर्ष समितिको प्रचार प्रसार संयोजक ल्हाक्पा शेर्पाले जानकारी दिनुभयो । उनीहरुले शेर्पाको चाहना, पहिचान र अधिकार सहितको शेर्पा प्रदेशको स्थापना !’ भन्ने नाराका साथ उत्पीडित शेर्पा जातिको न्याय, अधिकार र समानताको लागि शान्तिपूर्ण संघर्षहरु सञ्चालन गर्ने शेर्पाले जानकारी दिनुभयो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!