शेर्पा प्रदेशको माग गर्दै सोलुखुम्बुमा गरिएको बन्देले जनजीवन प्रभाबित

बिक्रम श्रेष्ठ
सोलुखुम्बु, २७ भदौ
हिमाली जिल्ला सोलुखुम्बुलाइ शेर्पा प्रदेश बनाइनु पर्ने भन्दै शेर्पाहरुले आइतबार सोलुखुम्बु सहित ६ जिल्ला बन्द गराएका छन् । बन्दका कारण जनजीवन प्रभाबित भएको छ । हाल सम्म बन्द हड्ताल नभएको पर्यटकिय जिल्ला सोलुखुम्बुमा शेर्पाहरुले बन्द गराएका हुन् । बन्दका कारण यातायात तथा बिद्यालयहरु पुर्ण रुपमा बन्द रहे । बन्दका कारण बित्तिय सस्थाहरु समेत संचालन भएका छैनन् । बिशेष गरि सदुमुकाम सल्लेरीका हाटल लज तथा पसलहरु बन्द रहेका थिए भने सल्लेरीबाट काठमाडौँ तथा अन्य स्थानका लागि छुट्ने सवारी साधनहरु छुट्न सकेका छैनन् । सोलुखुम्बुलाइ पुर्ण रुपमा बन्द गराइएको यो पहिलो पटक भएको स्थानियबासिहरु बताउछन् । बिहानै देखि बौद्ध धर्मावलम्बीहरु, शेर्पा समुदायहरु आफ्नो भेषमा सडकमा उत्रिएका थिए । बन्दका कारण सदरमुकाम सल्लेरी नजिकै रहेको फाप्लु बिमानस्थलमा अबतरण गरिएको नेपाल एयरलाइन्सको टुइनअटर बिमानमा पेट्रोल बम प्रहार गर्ने प्रयास गरेका थिए । तर कुनै दुर्घटना नभएको प्हरि निरिक्षक कुन्दन देबले जानकारी दिए । अहिले सम्म पनि तारबार नगरिएको बिमानस्थलको माथिल्लो भागमा रहेको सडकबाट आक्रमणको प्रयास गरेका थिए । पहिलो प्रयास बिफल भए पछि केहिबेरमा नेपाल बायु सेवा निगमको कार्यलयमा तोडफोड गरेका थिए । तोडफोडका कारण कार्यलयको झ्यालका सिसाहरु फुटेका छन्, भने बोर्ड फुटाइदिएका छन् । बन्दका कारण आइतबार बुबाको मुख हेर्ने दिन आफन्त र माइत जान लागेका महिलाहरु समेत पैदल यात्रा तय गरेका थिए ।
Picture 2280

Picture 2300
आफुहरुको आन्दोलन शान्तिपुर्ण भएको प्रदेश संयूक्त संघर्ष समितिको आन्दोलन परिचालन कमिटिका संयोजक ल्हाक्पा शेर्पाले जानकारी दिनुभयो । उनले शेर्पा प्रदेशमा समेट्नु पर्ने सोलुखुम्बु सहित, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, संखुवासभा जिल्ला बन्द गराएको बताएका छन् । नाराजुलुस सहित कोण सभामा परिणत भएको आन्दोलनकारीहरुलाइ सम्बोधन गर्दै शेर्पा अगुवाहरुले तुरुन्तै दोस्रो चरणको आन्दोलन घोषणा गरि आन्दोलनलाइ थप शशक्त बनाउने चेतना दिएका छन् । माग पुरा नभए आन्दोलनलाइ अघि बढाउने शेर्पा प्रदेश संयूक्त संघर्ष समितिको आन्दोलन परिचालन कमिटिका संयोजक ल्हाक्पा शेर्पाले जानकारी दिनुभयो ।Picture 2291

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!