शुसासन कायम गर्न भष्ट्राचार नियन्त्रण आवश्यक–अख्तियार आयुक्त थापा

भुपेन्द्र पौडेल
सोलुखुम्बु, ६ चैत्र

अख्तियार दुरुपयोग अनुसंन्धान आयोगकी आयुक्त डा. सावित्रि थापा गुरुङले मुलुकमा मौलाउदै गएको भष्टचार नियन्त्रण गर्नसके शुसासनयुक्त समाजको निर्माण हुने वताउनु भएको छ । भ्रष्टचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुुसंन्धान आयोगको भुमिका विषयमा सोलुखुम्वुको सदरमुकाम सल्लेरीमा भएको कार्यक्रममा आयुक्त गुरुङले सामाजिकसुरक्षा र विकासमा महत्व पुर्ण टेवा पुग्नेमा जोड दिनुभयो ।

भ्रष्टचारजन्य क्रियाकलाप कम गर्नका लागि आयोजित कार्यक्रममा उपस्थित सरोकारवालाहरुले अख्तियार दुरुपयोग अनुसंन्धानको कार्यक्षेत्र र समाजमा व्याप्त भ्रष्टचार नियन्त्रणको अवलम्वन निम्तिको विषयमा सवाल जवाफ गरेका थिए ।

कार्यक्रममा बोल्दै सोलुदुकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाम्वु शेर्पा, प्रमुख जिल्ला अधिकारी सिडियो सुनिल खनालले भष्ट्राचारलाई शुन्य बनाउन तर्फ सरोकारवालाको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रम अख्तियार दुरुपयोग अनुसंन्धान आयोग इटहरीका प्रमुख प्रदिप कुमार कोईरालाको सभापतित्वमा सम्पन्न गरिएको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु