शुल्क लिएर टेष्ट लिईएको भन्दै नेबिसंघ द्धारा आपत्ति

बिक्रम श्रेष्ठ माघ ११ – एस एल सी परिक्षाको पुर्बसन्ध्यामा सोलुखुम्बुको बिभिन्न बिद्यालयहरुले शुल्क लिएर टेष्ट परिक्षा संचालन गरिरहेको भन्दै नेबिसंघ सोलुखुम्बुले आपत्ति जनाएको छ । प्रचलित शैक्षिक नियम बिपरित बिद्यार्थीहरु संग मनोमानी ढंगले रकम असुली गरेको भन्दै बिना सर्त एस एल सी परिक्षामा सामेल हुन पाउने बिद्यार्थीको अधिकारलाई कुण्ठीत बनाईएको भन्दै आपत्ति जनाएको हो । आज नेबिसंघ सोलुखुम्बुका कार्यबहाक अध्यक्ष बाबुराम आचार्यद्धारा जारी बिज्ञप्तीमा नियम बिपरित लिईएको उक्त शुल्क यथाशिघ्र संबन्धीत बिद्यार्थीलाई फिर्ता गरी सहजताका साथ परिक्षामा सहभागी हुने बाताबरण नबनाए चैत्रको पहिलो साताबाट सुरु हुने एस एल सी परिक्षा नै प्रभाबित पार्ने चेतावनी दिईएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!