शुभकामना साटासाट गर्दै नयाँ बर्ष

सोलुखुम्बु, १ बैशाख

नेपाली नयाँ बर्ष २०७४ को पहिलो दिन आज नेपालीहरुले खुशी र शुभकामना साटासाट गर्दै उल्लासपूर्ण तवरले मनाउँदैछन् । नेपालको मौलिक संबतको रुपमा रहेको नयाँ सालको धार्मिक तथा सांस्कृतिक महत्व पनि उत्तिकै रहेको पञ्चाङ निर्णाय समितिले जनाएको छ । सुर्य मिन राशी बाट मेष राशीमा प्रबेश गर्ने भएकाले आज विभिन्न धार्मिक प्रतिष्ठानहरुमा पुजा पाठ गर्ने प्रचलन पनि छ ।

नेपाल सरकारले सार्वजनिक विदा समेत दिएको आजको दिनलाई सबै नेपालीले नयाँ सालको योजना बनाउने र विभिन्न रमणीय स्थानमा पर्यटन गर्दै रमाईलो गरेर मनाउने गर्दछन् । हिमाली जिल्ला सोलुखुम्बुका विभिन्न पर्यटकीय स्थलमा नयाँ बर्ष मनाउनका लागि विहानै बाट आन्तरिक पर्यटकहरु त्यस तर्फ लागेका छन् ।

पिके डाँडा, पत्ताले, रातनाङ्गे र सेलगुडि जस्ता स्थानमा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । अधिकांश ग्रामिण भेगमा बनभोज कार्यक्रमहरुको पनि आयोजना गरिएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!