शिव कार्कीको ‘पागल’ बजारमा (भिडियो सहित)

सोलुखुम्बु । सोलुखुम्बु मुक्लिका शिव कार्कीले ‘पागल’ बोलको दोहोरी गीत बजारमा सार्वजनिक गरेका छन् ।

सुनौलो भविष्य सहितको सपनालाई चक्नाचर पार्ने पापिनीले उपहार स्वरुप धोका दिएपछि सृजित परिस्थिती नै ‘पागल’ हो ।

सञ्चारकर्मी समेत रहेका सर्जक कमल सरगमको सृजनामा तयार भएको गीतमा विष्णु माझी र शिव कार्कीको वजनदार स्वर भरिएको छ ।

विन्ध्यवासिनी म्यूजिक मार्फत बजारमा पठाईएको गीतको भिडियोमा सुवास रेग्मी र सारिका केसीले अभिनय गरेका छन् । भिडियो कपिल लामाले निर्देशन गरेका हुन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु