शिक्षक सरुवा नगर्न सर्बोच्चको अन्तरिम आदेश

हिमाल एफ.एम.
सोलुखुम्बु, जेठ २४
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले गरेको शिक्षक सरुवा आगामी असार ३ सम्म कार्यान्वयन नगर्न सर्बोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।


शिक्षक सरुवाको विरुद्धमा अदालतमा परेको रिटको आधारमा न्यायधिश प्रकाश कुमार ढुंगानाको एकल ईजलासले निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।
गाउँपालिकाले शैक्षिक सुधारको लागि भन्दै गत बैशाख २५ गते ६७ जना शिक्षकको सरुवा गरेको थियो ।

सो सरुवा राजनितिक आस्थाको आधारमा भएको भन्दै कतिपय जनप्रतिनिधि र शिक्षकहरुले असन्तुष्टि जनाउदै आएका थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु