शिक्षक सरुवाको निर्णय सहि सावित, सर्बोच्चको अन्तरिम आदेश खारेज

सोलुखुम्बु, असार ३

सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकाले गरेको शिक्षक सरुवाको विषयमा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेज भएकोे छ । न्यायधिशद्धय दिपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले सर्वोच्चद्धारा दिइएको अन्तरिम आदेश खारेज गरेको हो ।

डिल्लीबहादुर खुलाल बस्नेतले दिएको रिटको फैसला गर्दै न्यायधिशद्धयले गाउँपालिका शिक्षा समितिले गरेको निर्णयलाई सदर गरेको छ । आदेश खारेजीसंगै गाउँ शिक्षा समितिले गरेको निर्णय अनुसार नै शिक्षक सरुवा कार्यान्वयन गर्ने बाटो खुलेको छ ।

सर्बोच्चमा जिल्ला प्रशासन कार्यालय शिक्षा विकास तथा समन्वय इकाइ सोलुखुम्बुलाई समेत विपक्षी बनाई रिट दायर भएको थियो । रिटको सुनुवाई गर्दै न्यायधिश प्रकाशकुमार ढुंगानाको एकल इजलासले गएको जेठ २४ गते असार ३ गतेसम्मका लागि निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

थुलुङ दुधकोशी गाउँपालिकाले शैक्षिक सुधार बर्ष घोषणा गरेर ६७ शिक्षकको सरुवा गरेको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु